Logo

२५ असार,वीरगञ्ज । काठमाडौंको नक्सालस्थित बालमन्दिरको रकम हिनामिनाको आरोपमा तीन जना पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ठगीसम्बन्धी आरोपमा उनीहरूलाई बुधबार राति पक्राउ गरेको हो। सीआईबीका प्रवक्ता एसएसपी अनुपम शमशेर जबराका अनुसार पक्राउ पर्नेमा ५१ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ, ६२ वर्षीय ओमकृष्ण श्रेष्ठ र ५४ वर्षीया आशा श्रेष्ठ रहेका छन्। उनीहरू बालमन्दिरका सदस्य तथा सदस्य–सचिवको जिम्मेवारीमा रहेका थिए।

सीआईबीका अनुसार छानबिन आयोगले बुझाएको प्रतिवेदनका आधारमा अनुसन्धान अघि बढाउँदै उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ परेका तीनै जनालाई बिहीबार म्याद थपका लागि अदालतमा उपस्थित गराई थप अनुसन्धान प्रक्रिया अघि बढाइने सीआईबीले जनाएको छ।


सम्बन्धित समाचार