Logo

 २५ असार,काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले भदौ घटनासम्बन्धी राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गरी त्यसका सिफारिस कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन्।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै सांसद केसीले राष्ट्रिय मानवअधिकार आयोग संवैधानिक संस्था मात्र नभई संयुक्त राष्ट्रसंघ तथा अन्तर्राष्ट्रिय मानवअधिकार प्रणालीसँग आबद्ध महत्वपूर्ण निकाय भएकाले यसको प्रतिवेदन र सिफारिसलाई बेवास्ता गर्नु उपयुक्त नहुने बताए।

उनले आयोगका सिफारिसहरूको उपेक्षा गर्नु राष्ट्रिय मानवअधिकार आयोगको अवमूल्यन मात्र नभई नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धता, विश्वसनीयता, विधिको शासन र लोकतान्त्रिक छविमाथिको प्रश्न भएको उल्लेख गरे।

केसीले आयोगका प्रतिवेदनमध्ये करिब १३ प्रतिशत मात्रै कार्यान्वयन भएको जानकारी आएको भन्दै सरकारको ध्यानाकर्षण गराए।

उनले आयोगकी सदस्य लिली थापाले तयार पारेको भदौ घटनासम्बन्धी प्रतिवेदन अझै सार्वजनिक नभएकोप्रति असन्तुष्टि व्यक्त गर्दै उक्त प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न र त्यसका आधारमा अविलम्ब कानुनी कारबाही प्रक्रिया अघि बढाउन सरकारसँग माग गरे।


सम्बन्धित समाचार
भर्खरै