Logo

२७ वैशाख,बारा । विवाहमा पाहुनाहरुलाई राम्रोसँग स्वागत नगरेको भन्दै बिहे गर्न अस्विकार गरि भाग्न लागेको भारतीय बेहुला र उनका बुबालाई बारा प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बेहुला भारत जिल्ला पूर्वी चम्पारण ग्राम पञ्चायत कथवलिया सुगौली बस्ने २३ बर्षिय शशीकुमार चौरसिया र उनका बुबा ४६ बर्षिय श्यामकान्त भगतलाई पक्राउ गरेको हो ।

गत आईतबार राति शशिको बिवाह बाराको महागढीमाई नगरपालिका–६ बबुआईन बस्ने कालिचरण प्रसाद चौरसियाको २१ वर्षीय छोरीसँग हुने तय थियो । सोही राति भारतबाट जन्ती लिएर आएका बेहुलाले जन्तीमा आएका पाहुनाहरुलाई बेहुली पक्षले राम्रोसँग स्वागत सत्कार नगरेको भन्दै बिहे गर्न अस्विकार गरि स्टेजबाट भाग्न लागेका थिए ।

सोहीक्रममा बेहुलाका बुवा श्यामकान्त भगतले बेहुलीका बुवालाई अश्लिल शब्दहरु प्रयोग गरी हातपात समेत गर्न खोजेको प्रहरीले जनाएको छ ।
बिहे नगर्ने भनि बेहुला भाग्न खोजेपछि बिवाह मण्डपमा पुगेको प्रहरीले बेहुला र उनका बुवालाई पक्राउ गरेको बाराका प्रहरी प्रबक्ता डिएसपी पुरषोतम पाण्डेले जानकारी दिनुभयो । पक्राउ परेका बेहुला र उनका बुवामाथि अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय कलैयाबाट दश दिनको म्याद थप गरी अनुसन्धान भईरहेको पाण्डेले बताउनुभयो ।


सम्बन्धित समाचार