२९ असार, काठमाडौं । काठमाडौं त्रिपुरेश्वरमा गत विहिबार आत्मदाह गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको अन्त्येष्टि गरिएको छ ।
उपचारको क्रममा शुक्रबार वीर अस्पतालमा मृत्यु भएका नेपालीको सोमबार आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।
नेपालीले बिहीबार काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए । सो क्रममा गम्भीर घाइते भएका उनलाई उपचारका लागि वीर अस्पतालमा पुर्याइएको थियो ।
पीडित पक्ष र सरकारबीच आइतबार ९ बुँदे सहमति भएसँगै नेपालीको शवलाई अन्तिम संस्कारका लागि आर्यघाट लगिएको हो ।



















