३० असार, काठमाडौं । पाँच दिनपछि सेयर बजार बढेको छ।
मङ्गलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६.११ अङ्कले बढेर २५७६.२९ बिन्दुमा पुगेको हो ।
आज कुल १६४ कम्पनीको मूल्य बढ्दा १०१ कम्पनीको मूल्य घट्दा १० कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएन ।
आज ३८३ स्क्रिपका १ करोड कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ४१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार १० प्रतिशत केबीएल डिभेन्चरको ५२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
आज १२ वटा उपसमूहको सूचकमा बढेको छ । उत्पादन तथा प्रशोधनमूलक समूह भने आज सामान्य घटेको छ । सबैभन्दा धेरै व्यापारमूलक क्षेत्र १.४७ प्रतिशतले बढेको छ ।



















