३० असार,वीरगञ्ज । अविरल वर्षाका कारण बाराको कलैया उपमहानगरपालिका–१९ इनर्वा टोलमा एक फुसको घर भत्किएको छ। घटनामा मानवीय तथा चौपाया क्षति नभए पनि करिब ५० हजार रुपैयाँ बराबरको भौतिक क्षति भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार २०८३ साल असार ३० गते बिहान करिब ३ बजेको समयमा स्थानीय राजेन्द्र साहको बाँस र परालको छानो भएको फुसको घर निरन्तर वर्षाका कारण भत्किएको हो।
घटनाबारे जानकारी प्राप्त भएपछि अस्थायी प्रहरी पोस्ट गंगापुर, बाराबाट प्रहरी सहायक निरीक्षक कपिल कार्कीको कमाण्डमा टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनास्थलको निरीक्षण तथा बुझ्दा घर भत्किए पनि कुनै मानवीय वा चौपाया क्षति नभएको पुष्टि गरेको छ।
वर्षाका कारण घरमा करिब ५० हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ।



















