Logo

३० असार, काठमाडौं । देशभर अवरुद्ध रहेको यातायात कार्यालयको सिस्टम सुचारु भएको छ ।

देशभरका यातायात व्यवस्था कार्यालयहरुमा केही दिनयता देखिएको प्राविधिक समस्या समाधान भएको हो।

केन्द्रीय सर्भर र नेटवर्कमा आएको खराबीका कारण सवारी चालक अनुमतिपत्रको आवेदन, नवीकरण, स्मार्ट कार्ड प्रिन्ट, सवारी साधनको नामसारी, कर भुक्तानी तथा जाँचपासलगायतका सम्पूर्ण अनलाइन सेवाहरू पूर्ण रुपमा ठप्प भएका थिए। प्रणालीले काम गर्न छाडेपछि देशभरका यातायात कार्यालयहरूको दैनिक प्रशासनिक काम ठप्प प्रायः बनेको थियो।

प्राविधिक टोलीले लगातारको प्रयासपछि सर्भरको समस्यालाई ट्र्याक गरी त्यसको समाधान गरेसँगै आज दिउँसो ३ बजेबाट यातायात कार्यालयहरूको सिस्टम पूर्ण रुपमा सञ्चालनमा आएको हो।

यातायात व्यवस्था विभागका आइटी डाइरेक्टर केशव खतिवडाले अहिले सिस्टम चलेर देशभरका कार्यालयबाट सेवा सुरु भएको बताए । उनले भने,‘अहिले देशभरका धेरै कार्यालयबाट सेवा सुरु भएको छ । बाँकी केहीको पनि सेवा सुचारु गर्नेको लागि काम हुँदै छ ।


सम्बन्धित समाचार