Logo

४ साउन, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले पुँजी बजार, धितोपत्र व्यवसाय र बीमा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूसँग आज विशेष छलफल गर्ने भएका छन् ।

सोमबार दिउँसो १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने उक्त बैठकमा नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष गोपाल भट्ट, नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अध्यक्ष अमृत लम्साल र स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकाल लगायतका व्यक्तित्वहरू सहभागी हुनेछन् ।

प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार बैठकमा सन्दीप जलान, नेप्सेका पूर्व प्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया, नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख नवराज सिलवाल र नागरिक स्टक डिलर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठ पनि उपस्थित रहनेछन् ।

साथै, प्रियाराज रेग्मी र अम्बिकाप्रसाद पौडेलसमेत सहभागी हुने उक्त छलफलमा पुँजी बजारको वर्तमान अवस्था र यसको सुधारका उपायहरूका बारेमा कुराकानी हुनेछ ।

समग्र राष्ट्रिय अर्थतन्त्रका समसामयिक विषयहरूलाई केन्द्र, बैठकमा धितोपत्र व्यवसायको सुदृढीकरण, नीतिगत सुधारका प्रयासहरू तथा बीमा क्षेत्रका विविध पक्षहरूमाथि गहन परामर्श गरिने बताइएको छ ।


सम्बन्धित समाचार