Logo

४ साउन, काठमाडौं । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार आर्थिक वर्ष २०८२/८३ मा घरजग्गा कारोबारबाट कुल ११ अर्ब ९४ करोड ८९ लाख ७४ हजार ४५४ रुपैयाँ बराबरको सर्वाधिक राजस्व संकलन गत असार महिनामा मात्रै भएको छ ।

साउन १ गतेदेखि घरजग्गा कारोबारमा लाग्ने पुँजीगत लाभकर वृद्धि हुने व्यवस्था बजेटमै आएका कारण असार मसान्तमा कारोबार उच्च बढेको र यसैका आधारमा कोरोनाकाल तथा गोरखा भूकम्पपछिकै सबैभन्दा बढी राजस्व संकलन भएको विभागले जनाएको छ ।

विभागले सार्वजनिक गरेको वर्षभरिको विवरण अनुसार गत आवको साउनमा ३ अर्ब २८ करोड, भदौमा ३ अर्ब १४ करोड, असोजमा २ अर्ब ७५ करोड र कात्तिकमा २ अर्ब ७४ करोड रुपैयाँ राजस्व संकलन भएको थियो । त्यसपछि मंसिरमा ४ अर्ब ८४ करोड, पुसमा ५ अर्ब १७ करोड, माघमा ५ अर्ब ९९ लाख र फागुनमा ४ अर्ब १४ करोड रुपैयाँ सरकारी खातामा जम्मा भएको थियो ।

यसैगरी, चैत महिनामा ६ अर्ब १६ करोड, वैशाखमा ६ अर्ब २६ करोड र जेठमा ५ अर्ब २४ करोड रुपैयाँ बराबर राजस्व संकलन भएको तथ्यांक छ । यसरी हेर्दा वैशाख महिनामा वर्षभरिकै दोस्रो धेरै राजस्व उठेको थियो भने अन्य महिनाहरूको तुलनामा असारमा आएर घरजग्गा कारोबारमा उल्लेख्य सुधार आएको देखिन्छ ।


सम्बन्धित समाचार