Logo

४ साउन, काठमाडौं । काठमाडौँको नयाँ बसपार्क क्षेत्रमा रहेको एक गेस्ट हाउसको कोठाभित्र एक युवती मृत अवस्थामा फेला परेकी छन् ।

बन्द कोठाभित्रबाट शङ्कास्पद रूपमा दुर्गन्ध फैलिएपछि गेस्ट हाउस सञ्चालकले तत्काल प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोली घटनास्थलमा पुगी जाँच गर्दा धनगढी स्थायी ठेगाना बताउने २८–३० वर्ष उमेरकी निशा सुनार मृत फेला परेकी हुन् ।

घटना शङ्कास्पद देखिएपछि उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । हाल यस घटनाबारे  अनुसन्धान भइरहेको छ भने यस सम्बन्धमा अहिलेसम्म कोही पनि पक्राउ परिसकेका छैनन् ।


सम्बन्धित समाचार