Logo

४  साउन, काठमाडौं । भारतको राजधानी नयाँदिल्लीमा ककरोच जनता पार्टी (सीजेपी) ले आयोजना गरेको विरोध प्रदर्शनका क्रममा उग्र बनेको भिडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।

भारतीय संसद्को मनसुन अधिवेशन सुरु भएको पहिलो दिन पारेर आयोजित ‘चलो संसद्’ मार्चका दौरान ककरोच जनता पार्टीका संस्थापक अभिजित दीपके र सोनम वाङचुककी श्रीमती गीताञ्जली जे आङ्मोको नेतृत्वमा प्रदर्शनकारीहरू संसद् भवनतर्फ अगाडि बढ्ने प्रयास गरेका थिए ।

विनाअनुमति निकालिएको उक्त र्यालीलाई रोक्न प्रहरीले बाटोमा कडा ब्यारिकेड लगाउनुका साथै लाठीचार्ज समेत गरेको थियो भने संसद्तर्फ अगाडि बढ्न खोजेपछि स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरिएको हो ।

प्रदर्शनकारीहरू संसद् परिसरमै प्रवेश गरेर आफ्ना मागहरू राख्न चाहन्थे भने दिल्ली प्रहरीले भने निषेधित क्षेत्रमा प्रदर्शन गर्न अनुमति नभएको बताएको छ ।


सम्बन्धित समाचार
भर्खरै