Logo

४ साउन, काठमाडौं । पुँजी बजार र धितोपत्र व्यवसायका क्षेत्रमा देखिएका जटिलताहरू अन्त्य गर्न प्रधानमन्त्री बालेन्द्र शाहले ठोस पहलको प्रतिबद्धता जनाउनुभएको छ ।

सिंहदरबारमा आयोजित सरोकारवालाहरूसँगको महत्वपूर्ण छलफलका क्रममा उहाँले नयाँ समिति गठन गरेर समय खेर फाल्नुको सट्टा सम्बन्धित निकायमार्फत नै तत्काल काम अगाडि बढाइने दृढता व्यक्त गर्नुभएको हो ।

छलफलका दौरान नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको पुँजीबजार समितिका सभापति प्रियराज रेग्मीसहित उपस्थित विज्ञ तथा प्रतिनिधिहरूले लगानीकर्ताको खस्कँदो मनोबल उकास्न, कर प्रणालीमा रहेका अस्पष्टता हटाई घाटा समायोजनको व्यवस्था गर्न तथा माग र आपूर्तिबीच सन्तुलन कायम गर्न जोड दिएका छन् ।

त्यसैगरी, नेपाल राष्ट्र बैंकमार्फत ब्रोकरहरूलाई मार्जिन लेन्डिङका लागि सहज नियम बनाउन, नेपाल स्टक एक्सचेन्जको पुनर्संरचना गरी प्रविधियुक्त र दक्ष बनाउन तथा धितोपत्र बोर्डको ‘दश कित्ते नीतिमा सुधार गर्दै योग्य संस्थागत लगानीकर्तामार्फत बुक बिल्डिङ प्रक्रियाबाट आईपीओ जारी गर्ने वातावरण मिलाउनुपर्ने सुझावहरू प्रस्तुत गरिएको थियो ।


सम्बन्धित समाचार
भर्खरै