Logo

२ जेठ,वीरगञ्ज । नेपाल खानेपानीको शाखा कार्यालय वीरगञ्जका ग्राहकले रकम नबुझाउदाँ करिब १० करोडको बक्यौता पुगेको छ । वीरगञ्जका ५ सय ४२ जना सेवाग्राहीले समयमा रकम नबुझाउदाँ कार्यालयमा १० करोड रुपैँया बक्यौता पुगेको हो ।

२०३७ साल देखि हालसम्म खानेपानीको सेवा लिदैँ आएका सेवाग्राहीले खानेपानीको बिल नतिरेको वीरगञ्ज खानेपानी कार्यालयका प्रमुख निरण महर्जनले जानकारी दिनुभयो ।

उहाँले विगत लामो समयदेखि सेवाग्राहीलाई पत्र पठाउँदा समेत उनीहरु तिर्न नआएको बताउनुभयो ।

उहाँका अनुसार बक्यौँता रकम नबुझाउनेमा व्यापारी, संघ संस्था, अस्पताल, कलेज तथा मन्त्री र उच्च पदका नेताहरु समेत छन् । उहाँले खानेपानी सस्थांनको प्रधान कार्यलयबाट नितिगत अनुरुप नै पत्र काटेर पठाउने गरेकाले आफूहरुले समेत सोही बमोजिम वीरगञ्जका सेवाग्राहीहरुलाई पत्राचार गर्ने गरिएको बताउनुभयो ।

प्रमुख महर्जनले कानुनी प्रक्रिया अनुसार आफूहरुले बक्यौता नतिरे धाराको लाईन काट्ने गरेको उल्लेख गर्नुभयो । वीरगञ्ज खानेपानी सस्थांमा बक्यौता तिर्न पटकपटक पत्राचार गर्दा समेत बेवास्ता गर्नेलाई कानुन बमोजिम कारवाही गरिने चेतावनी समेत दिनुभएको छ । उहाँका अनुसार सेवाग्राहीले बक्यौता रकम किस्ताबन्दीमा पनि तिर्ने गरेका छन् ।

कालो सुचीका ग्राहकहरु (2)


सम्बन्धित समाचार