Logo

३ जेठ,वीरगञ्ज । नक्कली भुटानी शरणार्थी प्रकरण लगायत भ्रष्टाचारलाई निष्पक्ष छानबिन गर्न माग गर्दै वीरगञ्जमा विरोध प्रदर्शन गरिएको छ । ‘भ्रष्टाचारविरुद्ध जनमत पार्टीको खबरदारी, भ्रष्टाचार विरुद्ध सम्पूर्ण नेपाली एक हौं’ भन्ने नारा सहित जनमत पार्टी पर्साले विरोध प्रदर्शन गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै जनमत पार्टी पर्साका जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फले भ्रष्टचारीहरुलाई कारवाही हुनुपर्ने माग गर्नुभएको छ । कार्यक्रममा ‘सानालाई ऐन, ठूलालाई चैन हुनु हुँदैन’, ‘साइकल काण्डमा निष्पक्ष छानविन गर’, ‘भ्रष्टाचार अन्त्य गरौ’ लगायतको नारा सहितको प्लेकार्ड बोकेर विरोध जनाएका थिए ।

कार्यक्रममा सहभागी वक्ताहरुले नक्कली भुटानी शरणार्थी काण्ड छनबिन निश्पक्ष हुनुपर्ने, मधेश सरकारको साईकल घोटाला काण्ड, छोरी बिमा कार्यक्रम, पोखरी सौन्दर्यकरणको नाममा भएको भ्रष्टाचार काण्डहरु सुक्ष्म तरिकाले छानबिन गरि भ्रष्टाचारीलाई कडा कारवाही गरि सम्पत्ति जफत गर्नुपर्ने माग गरेका थिए ।


सम्बन्धित समाचार