Logo

३ जेठ,पर्सागढि । पर्साको पर्सागढि नगरपालिका वडा नं. ५ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बहुवर्वा सिरा पचंरुखीमा आज चार कोठे भवन निर्माणको शिलन्यास गरिएको छ ।
पर्सागढि नगरपालिका नगरप्रमुख गोकर्ण पाठकले चार कोठे भवनको शिलन्यास गर्नुभएको हो ।

मधेस प्रदेश सरकारको २२ लाख ५० हजार र राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गतको १८ लाख गरि कुल ४० लाख ५० हजार लागतमा चार कोठे भवन निर्माण हुन लागेको नगरप्रमुख पाठकले बताउनुभयो ।
कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्ष नितेश मिश्रा, वडा नं. ७ का वडाध्यक्ष शंकर राय भर, वडा नं. ३ का वडाध्यक्ष सुकमान तामाङ्ग , विद्यालयका प्रधानाध्यापक रामआशिष प्रसाद यादव लगायत स्थानियबासिन्दाको सहभागिता थियो ।


सम्बन्धित समाचार