Logo

३ जेठ, वीरगञ्ज । वीरगञ्ज र यस आसपाका क्षेत्रमा हावा हुरी सहित बर्षा भएको छ । हावाहुरीको कारण विद्युत सेवा अवरुद्ध भएको छ । वीरगञ्ज पथलैया हुदै हेटौडा जाने बाटोमा रुख ढलेकोले बाटो अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।

बागमती प्रदेशको राजधानी हेटौँडा लगायत आसपासका क्षेत्रमा भारी वर्षा भइरहेको छ । हावाहुरीसहित आएको असिनापानीले विभिन्न ठाउँमा क्षति पुर्याएको छ ।

हावाहुरी र चट्याङसमेत आएकाले जनजीवन प्रभावित भएको छ । जिल्ला प्रहरी कार्यलय मकवानपुरले दिएको जानकारी अनुसार हेटौँडा उपमहानगरपालिका– १३ सिक्रेनीस्थित भित्री सडकखण्डमा बिजुलीको पोल ढलेर बाटो अबरुद्ध भएको छ ।

हावाहुरीका कारण हेटौँडा बजारबाट पदमपोखरी सिक्रेनीतर्फ जाने बाटोमा बिजुलीका तीनवटा पोल ढलेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

यस्तै, मकवानपुर भीमफेदी गाउँपालिका वडा नम्बर १ सुपारेटारस्थित हेटौँडा भैसे सडक खण्डमा रुख ढल्दा बाटो अवरुद्ध भएको छ । नेपाल आर्मी र नेपाल प्रहरीको संयुक्त टोलीले ढलेको रुख हटाएर अवरुद्ध बाटो खोल्ने प्रयास गरिरहेको प्रवक्ता कार्कीले बताए ।

हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज साँझ देखि देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहि कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

आज राती कोशी प्रदेशका साथै देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको रहेको छ।

भोली दिउँसो देशको पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भू(भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

कोशी प्रदेशमा आंशिक देखि सामान्य बदली रहि अन्य प्रदेशका पहाडी भू(भागमा आंशिक बदली तथा देशका बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशका थोरै स्थानहरूमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू(भागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको संभावना रहेको छ।

मधेश प्रदेशको बारा, पर्सा र रौतहटमा समेत हावाहुरी सहित हल्का पानी परेको छ । बागमती ,गण्डकी, काेशी र मधेसमा दुई दिनसम्म हावा हुरी र चट्याङको सम्भावना रहेकाे जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।


सम्बन्धित समाचार