Logo

१५ जेठ,काठमाडौं। नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी जेलमुक्त भएका छन् । टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका चौधरी सोमबार बिहान जेलमुक्त भएका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा कैद सजाय माफी दिएपछि चौधरी जेलबाट मुक्त भएका हुन् । करिब १५ वर्ष कैद सजाय तोकिएको चौधरीको पाँच वर्ष तीन महिना जेल सजाय काटेर १४ वर्ष ९ महिना छुट भएको हो ।

सन् २०७२ भदौ ७ मा टीकापुरमा भएको प्रदर्शन हिंसात्मक झडपमा परिणत हुँदा ८ प्रहरी र एक नाबालकको ज्यान गएको थियो । उक्त घटनाको योजनाकार र मुख्य अभियुक्तका रूपमा चौधरीलाई अभियोजन गरिएको थियो ।


सम्बन्धित समाचार