Logo

१५ जेठ,वीरगञ्ज । पर्साको पोखरीया नगरपालिकामा आज रक्तदान कार्यक्रम समपन्न भएको छ ।

गणतन्त्र दिवसको आवसरमा पोखरीया नगरपालिका वडा नं १ सेमरबारी चैक स्थित धर्मशालामा रक्तदानको आयोजना गरिएको थियो । गणतन्त्र दिवसको आवसरमा “रक्तदान जीवन दान“ नाराका साथ शिबर्वा युवाक्लब पोखरीयाको आयोजनमा रक्तदान गरिएको थियो । रक्तदान कार्यक्रममा २१ जना पुरुषले रक्तदान गरेको आयोजकले जनाएको छ ।

रक्तदान दान कार्यक्रमा नेपाल रेडक्रस सोसाइटी पोखरिया उपशाखा, इलाका प्रहरी कार्यालय पोखरिया, सशस्त्र प्रहरी बल पोखरिया ,प्रमुख अतिथि नगर प्रमुख प्रदुमन प्रसाद चौहान लगायतको सहभागीता रहेको थियो । रक्तदान कार्यक्रम पोखरिया नगर पालिकाकÞो सहयोगमा भएको थियो


सम्बन्धित समाचार