Logo

१६ जेठ,वीरगञ्ज । वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहले बहिरा विद्यार्थीका लागि आवतजावत गर्न यात्रुवाहक बसको व्यवस्था मिलाउने बताउनुभएको छ । वीरगञ्जमा आजदेखि सुरु भएको सरोकारवालाहरुका लागि १० दिनको आधारभूत सांकेतिक भाषा तालिमको उद्घाटन गर्दै प्रमुख सिंहले यस्तो बताउनुभएको हो ।

महानगरमा २ सय जना बहिरा विद्यार्थी रहेको भन्दै उहाँले उनीहरुको शिक्षाको प्रबन्ध महानगरले गरिरहेको उल्लेख गर्नुभयो । अहिले पठनपाठन भईरहेको स्थानबाट सारेर अर्को स्थानमा सुविधासम्पन्न विद्यालय बनाउने काम अघि बढाइएको उहाँको भनाई छ ।

त्यस्तै मेयर सिहंले बहिरा बालबालिकाको उज्ज्वल भविष्यको लागि सबै एक जुट भएर लागि पर्नुपर्ने उहाँको आग्रह छ । शारिरिक रुपले अशक्त भएका बहिराहरुको विचार भावना बुझ्न सकियोस् भनेरै महानगरले सांकेतिक भाषाको तालिमका लागि सहयोग गरेको उहाँले जानकारी दिनुभयो । तालिममा महिला पुरुष गरि १५ जनाको सहभागिता छ ।


सम्बन्धित समाचार