Logo

१६ जेठ,वीरगञ्ज ।पर्सामा विभिन्न राजनीतिक दलका नेता डा. सिके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गर्ने तयारीमा जुटेका छन् । संविधानसभा सदस्य करिमा बेगम, लोसपाका केन्द्रिय सदस्य शशीकपुर मियाँ, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य सिपु तिवारी सहितका नेताहरु जनमत पार्टीमा प्रवेश गर्ने तयारमिा जुटेका हुन् ।

लोसपाका केन्द्रिय सदस्य मियाँले आफूसँगै करिमा, सिपु त्यस्तै वीरगन्ज–१९ का पूर्व वडाअध्यक्ष सन्तोष तिवारी, जसपाका पूर्व क्षेत्रीय सभापति मनोज यादव, पूर्वसचिव विनोद चौरसियासँगै कैयौँ नेताहरु जनमत पार्टीमा प्रवेश गर्न लागेका जानकारी दिनुभयो ।

पार्टी प्रवेशकै विषयमा टुङगोे लगाउन आज काठमाडौंस्थित जनमत पार्टीको केन्द्रिय जनसम्पर्क कार्यालयमा पार्टीका अध्यक्ष डा राउतसँग भेटेर छलफल गरिएको जानकारी दिनुभयो ।

जनमत पार्टी पर्साका संयोजक ओमप्रकाश सर्राफले यहि जेष्ठ २७ गतेको कार्यक्रममा विभिन्न राजनीतिक दलका नाम चलेका अरु नेताहरु पनि जनमत पार्टीमा प्रवेश गर्ने बताउनुभयो । उहाँले सो दिनको पार्टी प्रवेश कार्यक्रमले पर्साका अन्य राजनैतिक दलहरुमा ठूलो भुईच्यालो ल्याउने दावी गर्नुभयो ।

वीरगन्जको आर्दशनगरस्थित नगरसभा गृहमा जेष्ठ २७ गते जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डाक्टर सिके राउतको प्रमुख आतिथ्यतामा वृहत पार्टी प्रवेश कार्यक्रमको आयोजना हुदैछ । सोही दिनको कार्यक्रममा आफूहरु सामुहिक रुपमा पार्टी प्रवेश गर्ने लोसपाका केन्द्रिय सदस्य मियाँले बताउनुभयो ।

 


सम्बन्धित समाचार