Logo

१६ जेठ,काठमाडौँ । उपसभामुख इन्दिरा रानाले संसदीय पूर्वाधार विकास कार्यक्रम महिलामैत्री हुन नसकेको बताएकी छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री डा. प्रकाशशरण महतलाई भेटेर उपसभामुख रानाले प्रत्यक्षतर्फ महिलाको प्रतिनिधित्व थोरै भएकाले बजेटमार्फत आएको निर्वाचन क्षेत्र लक्षित सांसद विकास कोष महिलामैत्री नभएको बताएकी हुन् ।

‘यो महिलामैत्री भएन भनेर अर्थमन्त्रीलाई भनेको थिएँ, सभामुखसँग पनि कुरा गरेँ, महिला सांसदले पनि यो कुरा उठाइदिन अनुरोध गरेका थिएँ,’ उपसभामुख रानाले भनिन्, ‘बजेट प्रस्तुत भएपछि प्रधानमन्त्रीलाई पनि अनुरोध गरेँ। प्रधानमन्त्रीले मिलाउँछु, कार्यविधिबाट समेट्छु भन्नु भएको छ ।’

सरकारले आर्थिक वर्ष ०८०÷८१ को बजेटमा प्रत्येक निर्वाचन क्षेत्रलाई पाँच करोड दिने गरी पूर्वाधार विकास कार्यक्रम ल्याएको छ ।


सम्बन्धित समाचार