Logo

१७ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल आजबाट तीन दिने औपचारिक भ्रमणका लागि भारत प्रस्थान गर्नुभएको छ । भारतीय प्रधधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री दाहाल भारत भ्रमणमा जानु भएको हो ।

उहाँ आज (बुधबार) दिउँसो १ बजे भारत प्रस्थान गर्नुभएको हो । भारत भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले भारतीय प्रधानमन्त्री मोदीसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ ।

प्रधानमन्त्री दाहालसँगै भारत भ्रमणमा परराष्ट्रमन्त्री नारायणप्रसाद साउद, अर्थमन्त्री डा.प्रकाशशरण महत, उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेत,भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल जानुहुने भएको छ ।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति जगदीप धनखड र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने कार्यक्रम छ । प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थलमा सरकारमा मन्त्रीहरु,उच्च पदस्थ सरकारी कर्मचारी लगायतले बिदाई गरेका थिए ।


सम्बन्धित समाचार