Logo

१७ जेठ,वीरगञ्ज । बढ्दो प्रचण्ड गर्मीका कारण बारा पर्सा लगायतका जिल्लाहरुका नागरिकको जनजीवन नराम्रोसँग प्रभावित भएको छ । लामो समयदेखि वर्ष नहुदाँ तथा पश्चिमी वायुको प्रभावले चलेको तातो हावाका कारण पर्सामा दिउँसै ४४ डिग्री सेल्सियससम्म तापक्रम मापन गर्ने गरिएको छ ।

वीरगञ्ज रानीघाटस्थित कृषि  अनुसन्धान केन्द्रका अवजर्भर कामेश्वर राउतका अनुसार हिजो साँझ पौने ६ बजे वीरगञ्जको तापक्रम म्याक्सिमम ४० डिग्री सेल्सियस मापन गरिएको थियो । भने आज बिहान  पौने ९ बजे २८.५ डिग्री सेल्सियस मापन गरिएको थियो ।

यसरी अचानक तापक्रम बढ्न थालेसँगै बिरामी हुनेको सङ्ख्या समेत बढ्दै गएको छ । गर्मी बढेसँगै वीरगञ्जको नारायणी अस्पतालमा झाडापखाला, निमोनिया, भाईरल ज्वरो, पेट दुख्ने लगायतबाट ग्रसित बिरामीको सङ्ख्या बढेको चिकित्सकहरुको भनाई छ । गर्मी बढेसँगै पर्साका नागरिकहरुमा ‘लू’ लाग्ने जोखिमसमेत बढेको चिकित्सकको तर्क छ ।

गर्मीबाट सबैभन्दा बढी बालबालिका तथा वृद्धवृद्धा तथा दैनिक ज्याला मजदुरी गर्ने मानिसहरु बढी प्रभावित हुने गरेको नारायणी अस्पतालका फिजिसियन डा.सरोजरोशन दासले जानकारी दिनुभयो । दिउँसोको समयमा तापक्रम उच्च भएका बेला चल्ने तातो हावाले कडा श्रम गर्ने व्यक्तिलाई लु लाग्ने जोखिम बढेको चिकित्सक दासको भनाई थियो ।

एक्कासी बढेको गर्मीबाट बच्नँ फलफूलको जुस, पानी लगायतका तरल पर्दाथको सेवन गर्न साथै काम नभए दिउँसोको समयमा घरबाहिर नस्किन र घर बाहिर निस्कने काम परे छाताको प्रयोग गर्न उहाँको सुझाव छ ।

नारायणी अस्पतालको बहिरङ्ग विभागमा दैनिक ६ सयको हाराहारीका बिरामी उपचारका लागि आउने गरेकामा हाल ८ सय जनाभन्दा बढी बिरामी उपचारका लागि आउने गरेको छन् ।


सम्बन्धित समाचार