Logo

१५ असार, नारायणगढ ।नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत तुइन खोला नजिक खसेको पहिरो पन्छाउन सुरु गरिएको छ ।

थप पहिरो नखसे अबको चार घण्टामा सडक सुचारु गरिने सडक डिभिजनका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर साहले बताउनुभएको छ । हिजो दिउँसोदेखि नै अवरुद्ध भएकाले यो सडकमा गाडीको लामो लाइन लागेको छ ।

सयौँ यात्रु अलपत्र परेका छन् । काठमाण्डौबाट भरतपुरका लागि छुटेका गाडी मुग्लिन र कुरिनटार क्षेत्रमा रोकिएका छन् ।यस्तै, नारायणगढबाट काठमाण्डौ, पोखराका लागि छुटेका गाडी जलबिरे क्षेत्रमा रोकिएका छन् ।

आज सकेसम्म यो सडकमा यात्रा नगर्न र गर्नै परे वैकल्पिक सडक प्रयोग गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ । काठमाण्डौ भित्रिने र बाहिरिने मुख्य लाइफलाइन मानिएको यो सडक हुँदै दैनिक १० हजारभन्दा धेरै गाडी आवतजावत गर्छन् । सडकको स्तरोन्नतिका क्रममा धेरैजसो ठाउँमा भित्तो काटिएकाले यो सडक खण्डमा पहिरोको जोखिम उच्च छ ।


सम्बन्धित समाचार