Logo

१७ असार,वीरगञ्ज । जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक प्रदीप यादवले सांसदहरुलाई अध्ययन नै गर्न नदिई संसदमा छलफलका लागि विधेयकहरू ल्याएकोमा सरकारप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

आज प्रतिनिधिसभाको दोस्रो बैठकमा ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ माथिको सैद्धान्तिक छलफलमा भाग लिने क्रममा उहाँले सरकारले गम्भीर प्रकृतिका विधेयकहरू छलफलमा ल्याउँदा आफूहरूलाई अध्ययन गर्ने समय समेत नदिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको हो ।

प्रमुख सचेतक यादवले सांसदहरुलाई छलफल समेत गर्न नदिई कुनै पनि विधेयकमा संसदमा अचानक छलफलमा ल्याउन काम नगर्न पनि सरकारलाई सचेत गराउनुभयो । गम्भीर प्रकृतिका विधेयक ल्याउनु अघि राजनीतिक दलहरुबीच सरकारले व्यापक रुपमा छलफल गराउनुपर्ने उहाँको भनाई थियो ।
प्रमुख सचेतक यादवले सरकारले ल्याएको विधेयक अध्ययन नै गर्न नपाउँदा अनुमानको भरका छलफलमा भाग लिनुपर्ने अवस्था आउने गरेको गुनासो समेत गर्नुभयो ।


सम्बन्धित समाचार