Logo

१२ साउन,ठोरी । पर्साको ठोरी गाउँपालिका–४ मा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विजयवस्तीमा रहेको निर्मलवस्ती स्वास्थ्य चौकीमा सम्पन्न कार्यक्रममा ७ जना महिला सहित कुल ३४ जनाले रक्तदान गरेका छन् ।

विपी स्मृति दिवसको अवसर पारेर नेपाली काङ्ग्रेस ठोरीले आयोजना गरेको कार्यक्रमको मधेस प्रदेश सभा सदस्य शङ्कर प्रसाद चौधरीले उद्घाटन गरेका थिए ।

काङ्ग्रेस ठोरीका सभापति सन्तोष श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा ठोरी गाउँपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठ, ठोरी –२ का वडाध्यक्ष अमृतकृष्ण सापकोटा लगायतको पनि उपस्थिति थियो ।


सम्बन्धित समाचार