३२ साउन, काठमाण्डौँ । तीन महिनादेखि फैलिएको डेंगुबाट धरानमा संक्रमित हुनेको संख्या ११ हजार तीन सय ७३ पुगेको छ । संक्रमणबाट ११ जनाको ज्यान गइसकेको छ । जसमा दुई बालबालिका छन् ।
परीक्षण गराउनेमध्ये ७० देखि ८६५ मा डेंगु देखिएको धरान उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत उमेश मेहेताले बताए । जिल्ला विपत् व्यवस्थापन समितिको २६ साउनको बैठकले धरानलाई ‘जनस्वास्थ्यको आपत्कालीन अवस्था घोषणा’का लागि संघ र कोसी सरकारलाई अनुरोध गर्ने निर्णय गरिसकेको छ ।
धरान उपमहानगरपालिकाले ‘सर्च एन्ड डिस्ट्रोय’ अभियान सञ्चालन गरिरहे पनि प्रभावकारिता देखिएको छैन । मेयर हर्क साम्पाङले संघ र प्रदेश सरकारले सहयोग नगरेको गुनासो गरे । १५ हजारको परीक्षण गर्दा संघले पाँच सय किट मात्र दिएको उनले बताए ।