Logo

३२ साउन, काठमाण्डौँ । लुम्बिनी प्रदेशमा पछिल्लो वर्षमा सवारी दुर्घटना परी एक हजार ५३६ जनाको मृत्यु भएको छ भने ३ हजार ५जना गम्भीर घाइते भएका छन् । प्रदेशमा रहेका १२ वटा जिल्लामा तीन हजार २६७ सवारी दुर्घटना भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।

आर्थिक वर्ष ०७७र७८मा १२११ सवारी दुर्घटनामा परी ५२३ जनाको मृत्यु भएको छ । सोही वर्ष १०८३ गम्भीर घाइते भएका थिए भने साधारण घाइते ७४० जना भएको प्रहरीको तथ्याङ्क छ ।

त्यस्तै, आर्थिक वर्ष ०७८र७९ मा ११६४ सवारी दुर्घटना भएका थिए, त्यसमा ५५१ जनाको मृत्यु जनाको मृत्यु भएको थियो । ११२३ जना गम्भीर घाइते भएकोमा साधारण घाइते ५९७ जना थिए ।

पछिल्लो आर्थिक वर्ष ०७९र८० मा दुई आर्थिक वर्षको भन्दा सवारी दुर्घटनाको संख्या घटेको देखिन्छ । उक्त आर्थिक वर्षमा ८९२ सवारी दुर्घटना हुँदा ४६२ जनाको मृत्यु भएको छ । घटनामा ७९९ जना गम्भीर घाइते र ४७७ जना सामान्य घाइते भएका छन् ।

पछिल्ला वर्ष सवारी दुर्घटना घट्नुमा विभिन्न कारणमध्ये प्रहरीको सचेतना र कारवाही पनि एक रहेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलका प्रवक्ता डीएसपी होम थापाले बताए ।


सम्बन्धित समाचार