Logo

१ भदौ, वीरगञ्ज । वीरगञ्ज रेशमकोठीका एकजना व्यक्ति घरबाट वेपत्ता भएको ५ दिन वित्तिसक्दा पनि प्रहरीले खोजतलाश नगरेको भनेर आफन्तजनले गुनासो गरेका छन ।

वीरगञ्ज महानगरपालिका वडा नं. ६ बस्ने रामकिसन शर्माका छोरा बर्ष ४६ का विशाल कुमार शर्मा गत साउन २९ गते विहान ७ बजे देखि हराएका हुन । उनलाई खोजतलाश गर्न जिल्ला प्रहरी कार्यालय पर्सामा शर्माका भतिजा रवि शर्माले निवेदन दिएका थिए ।

विशाल विगत २ महिना देखि परवानीपुरमा रहेको रिलायवल उद्योगमा काम गर्दै आएका थिए । त्यस दिन पनि उनले उद्योगमा खाना खान्छु भनेर विहान ७ बजे घरबाट निस्केर हिडेको परिवारजनले जनाएका छन् ।

विहान ९ बजे सम्पर्क गर्दा मोवाइल अफ रहेको र उनी काम गर्ने उद्योगमा समेत नपुगेको सूचना पाएका परिवारजनले त्यस दिन आफन्त र विशालका साथिहरुकाँहा खोजतलाश गरेको बताए । उनको कतै पत्तो नलागेपछि विशालका भतिजा रवि कुमार शर्माले जिल्ला प्रहरी कार्यालय पर्सामा आफ्नो काका विशाल शर्माको खोजतलाश गरिदिन गत साउन ३० गते निवेदन दिएका थिए ।

उनले प्रयोग गरेको मोवाइलको कलडिटेल हेरेर पत्ता लगाउछु भनेको प्रहरीले अहिले सम्म मोवाइल फोनको लोकेशन र कल गरेको विवरण समेत नलिएको शर्माका आफान्तजनले जनाएका छन् । काका कहाँ जानु भएको हो अहिले सम्म पत्ता लगाउन नसकिएको भतिजा रवि कुमार शर्माले बताए ।

केही समय अघि उनले जनकपुरको एक व्यापारीसँग मिलेर इरिक्साको विक्रिवितरणको कारोवार गरेका थिए । कारोवारमा घाटा लागेपछि उनी अप्ठारो अवस्थामा पुगेको आफ्ना आफन्तहरुलाई बताउने गरेका थिए ।

इरिक्साको कारोवार गर्दा ऋण दिएका साहँुहरुले हरेका दिन पैसा माग्दै आएका थिए, कतै विकल्प नभेटेपछि उनले दुई महिना अघि देखि परवानीपुरमा रहेको रिलायवल उद्योगमा काम गर्दै आएका थिए । उनको आर्थिक अवस्था खराव भएकोले काम दिएको उद्योगका सञ्चालक संदीप तुल्स्यानले बताए ।

यता जिल्ला प्रहरी कार्यालय पर्साले विशाल शर्माको खोजतलाश भइरहेको जनाएको छ ।


सम्बन्धित समाचार