Logo

१ भदौ, वीरगञ्ज। वीरगञ्जका फोटो पत्रकार स्वर्गीय सुवोध सिंहको स्मृतिमा स्थापना गरिएको पत्रकारिता पुरस्कार यसबर्ष वरिष्ठ पत्रकार चन्द्र किशोर झालाई प्रदान गरिएको छ । वीरगन्जबाट प्रकाशित प्रतीक प्रकाशन समूहले फोटो पत्रकार स्वर्गीय सुवोध सिंहको स्मृतिमा स्थापना गरिएको पत्रकारिता पुरस्कार कान्तिपुरका स्तम्भकार चन्द्रकिशोरलाई प्रदान गरेको हो ।

प्रतीक दैनिक पत्रिकाको ३७ औं बार्षिकोत्सवको अवसरमा आयोजित पुरस्कार वितरण समारोहका प्रमुख अतिथि वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले पत्रकार चन्द्रकिशोरलाई पुरस्कृत गर्नुभयो । पुरस्कृत चन्द्रकिशोरलाई दोसल्ला ओढाएर ५१ हजार राशीको चेक नगर प्रमुख सिंहले हस्तान्तरण गर्नुभएको थियो ।

वीरगन्जका फोटो पत्रकार सिंहको स्मृतिमा स्थापना गरिएको पत्रकारिता पुरस्कार पहिले फोटो पत्रकारिता विधामा मात्रै प्रदान गरिँदै आएको थियो । एकबर्ष अघिदेखि भने जुनसुकै विधाका पत्रकारिता गर्ने एकजना पत्रकारलाई प्रदान गरिदै आएको छ ।

गतबर्ष सामुदायिक रेडियो नारायणी एफएमका कार्यकारी अध्यक्ष गोविन्द देवकोटालाई प्रदान गरिएको थियो । गत बर्षदेखि नै पुरस्कारको राशी पनि बढाएर ५१ ह्जार रुपैंया पु¥याएको थियो ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १५ स्थित ज्येष्ठ नागरिक पार्कमा आयोजित कार्यक्रममा पुरस्कार वितरण गरिएको पत्रिकाका सम्पादक शत्रुघ्न नेपालले जानकारी दिनुभयो ।

कार्यक्रमा पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलिया लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार