Logo

२ भदौ,वीरगञ्ज । सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियाको निधन भएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुमन थपलियाको शनिबार निधन भएको हो ।

शनिवार बिहान साईकलमा गढीमाई गएर आउनु भएका एसपी थपलियाको दिउँसो १ बजेको करिबमा हृदयाघातबाट मृत्यु भएको पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिनुभयो ।

उहाँका अनुसार साईक्लिङ्ग गरेर आएपछि एकछिन आराम गर्नुभएको उहाँ आराम गरेकै ठाउँमा अचेत हुनु भएको थियो । उपचारका लागि वीरगञ्जस्थित नेपाल मेडीसिटी वयोधा अस्पतालमा लगिएकोमा अस्पताल पुर्‍याउनु भन्दा पहिले नै थपलियाको मृत्यु प्रजिअ रेग्मीले बताउनुभयो ।उहाँको शव अहिले मेडिसिटी वयोधा अस्पतालमा नै राखिएको छ ।

सशस्त्र प्रहरी बल नम्बर २ मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दिपेन्द्र साह पनि अस्पताल आईरहनु भएको र उहाँ आएपछि परिवारसँग सल्लाह गरेर शव केमा लाने हो भन्ने सल्लाह भईरहेको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताउनुभयो ।

नुवाकोट स्थायी घर भएका थपलिया सात महिना अघि मात्रै पर्साको सशस्त्र प्रहरी बल नम्बर १३ गण हेडक्वाटरमा गणपतिको जिम्मेवारी सम्हाल्दै आउनु भएको थियो ।


सम्बन्धित समाचार