Logo

१२ भदौ,सेढवा ।पर्साको जिराभवानी मन्दिरको त्रयोदशीको साउनी मेला सम्पन्न भएको छ । हरेक बर्ष साउन महिनाको शुक्ल पक्षको त्रयोदशीको दिन लाग्ने मेला यस बर्ष पनि सम्पन्न भएको हो ।

मेलामा परासी जिल्ला र भारतको पश्चिमी चम्पारण जिल्लाको दोसाधमा पर्ने पबित्र तिर्थ स्थल त्रिबेणी धामबाट जल भरि कावरियाहरुले जिराभवानी मन्दिरका बाबा बटेश्वर नाथ बाबालाई जल चढाएका छन् ।

जिराभवानी कावरिया संघको आयोजनामा कावरियाहरुले भदौ ४ गते घरबाट प्रस्थान गरी त्रिबेणीबाट जल भरि पाच दिनको कठिन पैदल यात्रापछि आज बिहान गन्तव्यसम्म आइपुगेका हुन् ।

यात्रामा जिराभवानी गाउपालिका अनतर्गतका सेढवा, जीतपुर, नौकाटोला, परस्वा, महादेवपट्टी, पकडीटोला, जगतिया, गम्हरिया, भवानीपुर, बसन्तपुर, काठमान्डौटोल, हरैया, सखुवनिया, शंकरसरैया, कोढौली, सढी, सुपौली, जगरनापुर गापा अन्तर्गतका पिडारी, पिपडाढी तथा भारतीय गाँउ सिस्वा, धुमाटाड जसौली, रामपुर लगायतका करिब ७५० जना कावरियाहरुको सहभागिता रहेका थिए ।

कावरियाहरुले जल भरी गण्डक नहरको भारतिय बाटो प्रयोग गरी नौवतानवा, बेलसन्ढी, सुभद्रा र धुमाटाडमा बास बसी आज जिराभवानी मन्दिरमा पुगी विधि पूर्वक जल चढाएका थिए । गाउँपालिकाले कावरियाहरुको लागि काँवर व्यवस्थापन, नास्ता, पानी, आराम गर्ने व्यवस्थापन गरेको थियो ।


सम्बन्धित समाचार