Logo

१६ भदौ,वीरगञ्ज । वीरगन्जको दुई छुट्छुट्टै स्थानमा आज रक्तदानको आयोजना गरिएको छ ।

नेपालका लागि नेपाली पार्टीले वीरगन्जको घण्टाघरमा आयोजना गरेको खुला रक्तदानमा ७० जनाले रक्तदान गरेका रक्तसञ्चार केन्द्रका शौरभराज पाण्डेले जानकारी दिनुभयो । पार्टीका केन्द्र्रीय अध्यक्ष संतोष पटेलको अध्यक्षतामा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।

त्यस्तै नेपाल सितेरियो कराँते संघले माईस्थानमा आयोजना गरेको कार्यक्रममा २ महिला सहित २२ जनाले रक्तदान गरेका पाण्डेले बताउनुभयो ।


सम्बन्धित समाचार