Logo

१९ भदौ,पर्सागढि । पर्साको पर्सागढि नगरपालिका वडा नं. ३ रामटोलमा आज नवनिर्मित राधाकृष्ण मन्दिरको मुर्ति प्राण प्रतिष्ठान तथा रथ यात्रा निकालिएको छ । नवनिर्मित राधाकृष्ण मन्दिरमा रहेको मुर्तिको प्राण प्रतिष्ठानको रथ यात्राका प्रमुख अतिथि पर्सागढि नगरपालिका नगरप्रमुख गोकर्ण पाठकले पुजापाठ गरेपछि निकालिएको हो ।

यात्रालाई वडाको झाब्राहा, झुलिटार, बडनिहार बजार हुदैँ पुनः राधाकृष्ण मन्दिरमा पुगेर बिसर्जन गरिएको थियो । यात्रामा नगरप्रमुख गोकर्ण पाठक, वडा अध्यक्ष शुकमान तमाङ्ग, पूर्व वडा अध्यक्ष उदव उप्रेती, मन्दिर ब्यवस्थापन समितिका पदाधिकारीहरु लगायत सयौँको सङख्यामा भक्तजनको उपस्थिती थियो ।

बुधबार परेको श्रीकृष्ण जन्माष्टमीको अवसरमा सांसद अजय कुमार चौरसिया र प्रदेश सभा सदस्य श्याम पटेलले संयुक्त रुपमा नवनिर्मित राधाकृष्ण मन्दिरको उद्घाटन गर्ने कार्यक्रम रहेको मन्दिर ब्यवस्थापन समितिका कोषाध्यक्ष रामअयोध्या प्रसाद यादवले बताउनुभयो ।


सम्बन्धित समाचार