Logo

१० असोज, वीरगञ्ज । प्रहरी प्रधान कार्यालयले आफूखुसी गैरहाजिर रहेका २२ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन सूचना जारी गरेको छ ।

नेपाल प्रहरीको हडेक्वाटरले एक सूचना जारी गर्दै गैरहाजिरमा रहेका प्रहरीलाई सम्पर्कमा नहुनुको कारण खुल्ने सन्तोषजनक स्पष्टीकरणसहित सात दिनभित्र उपस्थित नभए ती प्रहरी कर्मचारीहरूलाई प्रहरी नियमावलीको नियम १०९ को देहाय (ख) १ बमोजिम सेवाबाट हटाउने जनाएको छ।

तोकिएको ठाउँमा सम्पर्कविहीन हुने प्रहरी सहायक हवलदारहरूमा प्रहरी प्रशिक्षण कार्यालय कार्य विभागको मर्यादापालक इकाइमा कार्यरत अमित श्रेष्ठ, प्रहरी प्रभाग नेपालटारमा कार्यरत कमल श्रेष्ठ, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, ट्राफिक सीआरभीमा कार्यरत समीर दाहाल विपद् सुरक्षा गण दुहबी सुनसरीमा कार्यरत प्रहरी सहायक हवलदार जनम राई रहेका छन् ।

त्यसैगरी विभिन्न जिल्लाका विभिन्न कार्यालयमा कार्यरत १८ प्रहरी जवानहरू महिना दिन भन्दा बढी समयदेखि सम्पर्कविहीन रहेकोले सार्वजनिक सूचना मार्फत सम्वन्धित कार्यालमा हाजीर हुन ७ दिने सूचना जारीगरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उनीहरू विभिन्न मितिदेखि आफूखुसी कार्यालयमा गैर हाजिर रहेको र खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावली, २०७१ को नियम ११५ को देहाय (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत कार्यालयको सम्पर्कमा नआएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

हेर्नुस् सूचना –

 


सम्बन्धित समाचार