Logo

४ कात्तिक,सेढवा। पर्साको ग्रामीण भेगमा बिजयादशमीको अवसरमा दुर्गा पूजाको आयोजना हुन लागेपछि यस क्षेत्रका स्थानीय कलाकारहरुले रोजगारी पाउनुको साथै आफ्ना प्रतिभा प्रदर्शन गर्ने मौका पाएका छन् ।

बडा दशैमा श्रद्धालु भक्तजनहरुले नवरात्र व्रत बसि सामूहिक रुपमा पूजा आर्चना गर्न गाउँगाँउमा माता दुर्गाको मूर्ती बनाई पण्डाल निर्माण गरी दुर्गा पूजाको आयोजना हुने गर्दछ । पूजा आराधनाका साथै दुर्गा माताका जागरण तथा सांस्कृतिक कार्यक्रम पनि आयोजना गर्ने गरिन्छ । यसका लागि स्थानीय कलाकारहरुले विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम प्रदर्शन गर्ने गर्दछन् । सो वापत कलाकारहरुले उचित प्राश्रमिक प्राप्त गर्दछन् ।

स्थानीय गायकका रुपमा चर्चा कमाएका सखुवाप्रसौनी गाँउपालिका वडा नं १ सथवलका उपेन्द्र चौधरीले दुर्गा पूजामा हुने धार्मिक तथा संस्कृतिका कारण आफूहरुले आफ्नो कला प्रदर्शन गरी केही रकम कमाउन पाएका बताए । नयाँ यूवा यूवतीमा लुकेका प्रतिभा पनि बाहिर आउँदा एउटा राम्रा कलाकार बन्न यस्ता कार्यक्रमले ठूलो टेवा पु¥र्याउने चौधरीले बताए ।

दुर्गा पूजामा आयोजित सांस्कृतिक कार्यक्रम गायन क्षेत्रकÞो बिकास साथसाथै अन्य कलाको बिकास भएको देखिन्छ । कार्यक्रममा प्याड बजाउन, बिन्जु, ढोलक, हरमुनिया बजाउन लगायतका सिपहरुको बिकास हुने गरेको जगरनाथपुर गाउँपालिका वडा नं ६ का रामबहादुर.यादवले बताए ।

यसका साथै कार्यक्रम विभिन्न किसिमका धार्मिक नाटकहरु प्रदर्शन हुने भएकाले अभिनय कलाको समेत बिकासमा सहयोग हुने गरेका यादवको भनाई छ । कार्यक्रमहरुमा रामायण, महाभारत लगायतका बिभिन्न पात्रहरुको अभिनय गर्ने गरिन्छ ।

अन्य समयमा महिलामा अन्तरनिहित प्रतिभा प्रस्तुत गर्दा यस समूदायमा नाकारात्मक दृष्टिकोणले हेर्ने गरिन्छ । तर दुर्गा पूजामा आयोजित यी कार्यक्रममा महिला कलाकारहरुले निर्धक्क रुपमा गाउने, नाच्ने तथा अभिनय गर्ने कला प्रदर्शन गर्ने मौका पाएको महिला कलाकारहरुले बताएका छन् ।


सम्बन्धित समाचार