Logo

कार्तिक ८, जनकपुर । बडादसैँको अवसरमा दशहराको दिन जनकपुरधामा रावण वद्य तथा लंका दहन कार्यक्रम गरेको छ । मंगलबार साँझ जनकपुरधाम स्थित धनुषसागर तलाउमा रावण र लंकाको प्रतिमा बनाएर स्थानीय क्लबले आयोजना गरेको कार्यक्रममा दहन गरिएको हो ।

असत्यमाथि सत्यको विजय भएको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा रावण वध तथा लंका दहन कार्यक्रमको हुँदै आएको छ ।विजयदशमीको अन्तिम दिन रावण, मेघनाथ र कुम्भकर्णको भिमकाय प्रतिमा बनाएर ‘बध’ गरिएको हो ।
भगवान रामको भुमिकामा भने यस वर्ष राम मन्दिरका महन्त राम गिरी दासले धनुषबाट तीर प्रहार गर्दा रावण, मेघनाथ र कुम्भकर्णको प्रतिमामा आगो लागेको थियो ।

त्यस्तै महोत्तरीको मटिहानी नगरपालिकामा पनि रावणको भव्य प्रतिमा बनाएर दहन गरिएको छ । विगतमा निर्वाचित सांसद तथा जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुखले रावणको दहन गर्दै आएको थियो । तर रावण दहन गर्ने जनप्रतिनिधि तथा सांसदहरु पुनः अर्को पटक निर्वाचित नभएकाले जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साहले दहन नगरेको महावीर युवा कमिटीले जनाएको छ ।

त्रेतायूगमा रामले लंकाका राजा रावणको बध गरेको थियो भने हनुमानले लंका जलाएको थियो ।


सम्बन्धित समाचार