Logo

२९ मंसिर, जनकपुर, ।  धनुषामा ५ वर्षीया बालिकाको मृत अवस्थामा फेला परेको छ ।

जिल्लाको सबैला नगरपालिका वडा नम्बर ९ स्थित सतोखरमा रहेको पानी जमेको खाल्डोमा स्थानीय राकेश यादवको ५ वर्षीया छोरी राखी यादवको शुक्रबार साँझ शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

बुधबार राती बालिका कथा मटकोर पुजा गर्न घरबाट जादा मटकोर पुजाको लागि गएको रथमा पुनः नफर्केपछि आफन्तहरूले खोज तलास गर्दा फेला नपरेपछि बिहीबार बिहान ईलाका प्रहरी कार्यालय सबैलामा जनकारी गराएका थिए ।

सबैला प्रहरीले बालिकाको खोजतलास गर्ने क्रममा शुक्रबार साँझ सतोखर स्थितमा पानी जमेको खाल्डोमा शंकाको आधारमा दमकलले पानी फालेर बालिकाको शव उतानो अवस्थामा फेला परेको धनुषाका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक रंजन अवाले जानकारी दिए ।

शुक्रबार बिहान शवलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको छ भने यस घटनाको अनुसन्धानको शिलशिलामा शंकाको आधारमा २ जना पुरूषलाई पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार