Logo

फाइल तस्विर

१४ पुस,काठमाडौँ । मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा २ बजे पछि बस्न लागेको हो ।

आजको बैठकमा बालकुमारी घटनाका सम्बन्धमा छलफल गर्न आकस्मिक बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

शुक्रबार इपिएस भाषा परीक्षाको विषयलाई लिएर आन्दोलित भएकाहरूले बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री चढ्ने सरकारी गाडीमा आगजनी गरेका थिए।

त्यसपछि तनावग्रस्त बनेको ग्वार्को क्षेत्रमा प्रहरीले लाठी चार्ज, अश्रुग्याँस र गोलीसमेत चलाएको थियो। घटनामा २३ वर्षीय सुजन रावत र २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको थियो।

 


सम्बन्धित समाचार