Logo

२३ पुस,वीरगञ्ज । नेकपा एकीकृत समाजवादीका पार्टीका अध्यक्ष माधव कुमार नेपालले बिदेशीलाई नेपालमा लगानी गर्न आकर्षित गर्नुपर्ने जरुरी रहेको सुझाव दिएका छन् ।

देशमा आर्थिक अभावको समस्या विकरालरुप लिदै गएको भन्दै बिदेशीलाई नेपालमा लगानी गर्न माहोल बनाउनु जरुरी रहेको अध्यक्ष नेपालले औल्याएका छन् ।
वीरगञ्जमा सोमबार पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा खनिज पदार्थको उत्खनन् गर्न सके देशमै नयाँनयाँ उद्योग व्यवसायहरु विस्तार गर्न सकिने तर्क दिए ।

तर योसंगै नेपालकै लगानीकर्ताहरुलाई पनि प्रोत्साहित गर्नुपर्नेमा सरकारले नीति ल्याउनुपर्ने उनको भनाइ छ ।
नेपालमै उत्पादन गर्न सकिने विभिन्न सामानहरुलाई आयात गर्नको लागि आफुहरुले छुट दिने गरेको अध्यक्ष नेपालको दाबी छ ।

नेपालको भन्सार नीति नै ठिक नभएकोले यसलाई पूरै फेरबदल गर्नुपर्ने आवश्यकता रहेको उनी बताउँछन् ।
आर्थिक शिथिलताको अवस्थालाई ध्यानमा राखेर सरकारले त्यसलाई तोडेर गति दिनुपर्ने जरुरी भैसकेको अध्यक्ष नेपालको भनाइ छ ।

वीरगञ्ज वा विराटनगरका उद्योगी व्यापारीसँग छलफल गरेर आएको सुझावबमोजिम तथा अगाडि बढुनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।

कृषि उद्योग र पूर्वाधारको बिकासमा जोड दिदैँ नेता नेपालले आर्थिक अवस्थालाई बलियो बनाउनको लागि सदनदेखि सडकसम्म आवाज उठाउन आफ्नो पार्टी तयार रहेको उनको प्रतिबद्धता छ ।


सम्बन्धित समाचार