Logo

१७ माघ,वीरगञ्ज । वीरगञ्जमा सम्पन्न प्याब्सन जुनियर फुटबल प्रतियोगिताको उपाधी साउथजोन माविले हात पारेको छ ।

साउथजोन माविले लिटिल फ्लावर मावि लाई २/१ को अन्तरले पछि पार्दै उपाधी हात पारेको हो । विपत् व्यवस्थापन कार्यलय नजिक रहेको खेल मैदानमा फाइनल खेल सम्पन्न भएको हो ।

प्रतियोगितामा फाईनल खेलसम्म विभिन्न संकायमा विद्यागत पुरस्कार समेत वितरण गरिएको छ । प्रतियोगिताबाट सर्वोत्कृष्ट खेलाडी साउथजोन माविका जर्सी नम्बर ११ का राहुल पन्जियार घोषित भएका छन् ।

यस्तै उत्कृष्ट गोलकिपरको रुपमा सफल एकेडमीका बिकेन्द्र चौधरी पुरस्कृत भएका छन् । उत्कृष्ट डिफेन्डर साउथजोन माविका जर्सी नम्बर ४ का अन्कित महतो घोषित भए ।
यसैगरि उत्कृष्ट मिडफिल्डरबाट लिटिल फ्लावर माविका जर्सी नम्बर १० का साभीओ घले घोषित भए । यस्तै प्रतियोगिता अवधिभर १५ गोल गर्दै साउथजोन माविका जर्सी नम्बर ७ का रितिक चौधरी सर्वोत्कृष्ट खेलाडी घोषित भएका खेल संयोजक शिव गुप्ताले जनाए ।


सम्बन्धित समाचार