Logo

१८ माघ,वीरगञ्ज । पर्सामा जारी प्याब्सन टि–२० क्रिकेट प्रतियोगितामा एमइएस मावि बिजयी भएको छ । एमइएसले मास्कोट माविलाई १३ रनले हराएको हो ।

वीरगञ्जको आर्दशनगर खेल मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको एमइएसले एकसय २४ रन बनायो । उसले १९.६ ओभरमा पूरै विकेट गुमाउँदै एकसय २४ रन बनाएको हो ।

एमइएसका लागि महम्मद जाकुल्लाहले अर्धशतक कटाए । उनले ९ चौक्का हिर्काउदैँ ५४ रन बनाएका हुन् । अबुल आइस आलमले नटआउट हुँदै १७ रन जोडे । वाहिद खानले ११ रन बनाए । बलिङतर्फ सलमान आलम, रोहित महतो र विश्वास पटेलले समान २÷२ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको मास्कोट २० ओभरमा ७ विकेट गुमाउँदै एकसय ११ रनमै समेटियो ।

उसका लागि कुशल श्रेष्ठले ४५ र शेख अरमानले ४४ रनको योग दिए । एमइएसका इमरान अन्सारी र अकिल अहम्मदले २÷२ विकेट लिए । यस्तै महम्मद जाकुल्लाहले १ विकेट लिए ।

खेलमा महम्मद जाकुल्लाह म्यान अफ दि म्याच घोषित भए ।


सम्बन्धित समाचार