Logo

१५ फागुन,बीरगञ्ज । बारा प्रहरीले अवैध रुपले लगाइएको अफिम खेती फाडेर नष्ट गरेको छ । प्रहरीले चलाएको लागुऔषध फडानी अभियान अन्तर्गत अफिम खेती फाडेर नष्ट गरेको जनाएको छ ।

ईलाका प्रहरी कार्यालय महेन्द्रआर्दश बाराबाट खटिएको प्रहरी टोली उक्त अफिम खेती नष्ट गरेको प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले जनाए । प्रहरीले आर्दशकोतवाल गाउँपालिका वडा नं. ७ स्थित लौकाहामा अफिम खेती नष्ट पारेको उनले बताए ।

उक्त स्थानमा अवैध रुपले लगाइएको १ कठ्ठा खेतको अफिम खेती फाडेर नष्ट गरेको प्रहरीको भनाइ छ ।


सम्बन्धित समाचार