Logo

२१ फागुन,वीरगञ्ज । बाराबाट प्रहरीले चारजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । विभिन्न मुद्दामा कैद तथा जरिवाना सजाय भई फरार रहेका चारजनालाई प्रहरीले लुकिछिपी बस्दै गरेको अवस्थाबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बारा मातहत समेतबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको प्रहरी नायब उपरिक्षक प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए ।
पक्राउ पर्नेहरुमा जितपुरसिमरा उपमहानगरपालिका–१९ ईनर्वासिरा बस्ने २९ वर्षीय बिनय चौधरी, प्रसौनी गाउँपालिका–१ प्रसौनी बस्ने ६० वर्षका केदारप्रसाद तेली, महागढीमाई नगरपालिका–११ बस्ने ५३ वर्षका अलि अख्तर मन्सुरी भन्ने अख्तर मिँया र निजगढ–१० पश्चिम टोल बस्ने ६७ वर्षका लाल बहादुर गोले रहेका प्रवक्ता न्यौपानेले बताए ।

उनीहरुमाथि बारा जिल्ला अदालतले बहु विवाह मुद्दा, बैंकिङ कसुर चालू मुद्दा, कुटपिट अंगभंग र हात हतियार खर खजाना लगायतका मुद्दामा कैद तथा जरिवाना सुनाएको प्रहरीको भनाई छ ।


सम्बन्धित समाचार