Logo

२४ चैत,वीरगञ्ज । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बीरगन्जमा हुने विद्युतमा समस्या एक महिनाभित्र समाधान हुने बताएका छन् ।

बीरगन्जको होटद दियालो लर्डसमा आयोजित उद्योग र व्यापार, खोइ पूर्वाधार विषयक सत्रमा सहभागी नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले यस्तो बताएका हुन् ।
उनका अनुसार बीरगन्ज आसपासमा बत्ती आउने जाने समस्या रहेको छ । यो धेरै समयसम्म अब नरहेको उनको भनाइ छ ।

ट्रान्समिसनको कारणले बीरगन्जसहित आसपासका क्षेत्रमा बिद्युत झ्याझ्याप आउने जाने भइरहेको उनी बताउँछन् । तर त्यसको मर्मत गर्ने कार्य चलिरहेको अबको एक महिनाभित्रमा बीरगन्जबाट बत्ती कट्ने समस्याको समाधान हुनेछ,’उनले भने ।

अर्था्त आउने एक महिनामा बीरगन्जमा हरेक समय बत्ती उपलब्ध गराउने गरी काम भइरहेको उनको भनाइ छ ।
सुख्खा मौसम भएको कारणले केही समस्या देखिएको बताउँदै उनले भने,‘अब औद्योगिक क्षेत्रसहित सबैको घरघरमा बिजुली पूर्णरुपमा दिने गरी काम भइरहेको छ, त्यो ठूलो प्रोजेक्टमा बीरगन्ज छनौट भइसकेको छ । कम्तीमा ३÷४ वर्ष लाग्छ काम सम्पन्न हुन, त्यसपछि सधैका लागि बीरगन्जबाट बिजुलीको समस्या हट्छ ।’


सम्बन्धित समाचार