Logo

२४ चैत,वीरगञ्ज । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले पूर्वउद्योग मन्त्रीकाहरुका कारण पर्सा बारामा औद्योगिक क्षेत्रको घोषणा हुन नसकेको टिप्पणी गरेका छन् ।
बीरगन्जको होटल दियालो लर्डसमा कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको उद्योग र व्यापार, खोइ पूर्वाधार विषयकको सत्रमा यस्तो टिप्पणी गरेका हुन ।

कार्यक्रमको खुल्ला सत्रमा जिज्ञासा लिने क्रममा बीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि गौतमले बारा पर्सा औद्योगिक क्षेत्र घोषणा किन भइरहेको छैन् भनेर राखेको प्रश्नमा उद्योगमन्त्री भण्डारीले औद्योगिक करिडोर त नीतिले बनाउनु पर्ने नै हो ।

तर यो जिल्लाको हालसालैका पूर्वउद्योग मन्त्रीसहित अन्य मन्त्रीहरुले तदारुकता नदेखाएको कारणले बारा र पर्सा औद्योगिक करिडोर घोषणा हुन नसकेको उनको भनाइ छ ।
हरेक प्रदेशमा एउटा औद्योगिक करिडोर बनाउने सरकारको नीति नै रहेको उनी बताउँछन् । तर केही उद्योग मन्त्रीहरुले त्यसप्रति चासो नदेखाएको कारणले अहिलेसम्म बारा पर्सा औद्योगिक क्षेत्र घोषणमा ढिलाइ भएको उनको दाबी छ ।

उनका अनुसार जबकिको सरकारको नीति नै छ औद्योगिक करिडोर घोषणा गर्नुपर्ने । ‘त्यही नीतिअनुरुप नै आफ्नो नेतृत्वमा रहेको उद्योग मन्त्रालयले चाँडै बारा र पर्सा क्षेत्रका उद्योगीहरुको समस्या समाधानका लागि औद्योगि करिडोर काम अगाडि बढाउने छु,’ उनले भने ।

वीरगञ्जका उद्योगीहरुले औद्योगिक क्षेत्रको घोषणाको मागसंगै उद्योगमा देखिएका अन्य समस्याप्रति सरकार तदारुकता नदेखाएको चिन्ता व्यक्त गरेका थिए । जसकारण उद्योग धन्दा नै धराशायी बन्दै गएको उद्योगीहरुले गुनसो गरेका थिए ।

वीरगञ्जमा भएको प्यानल छलफलमा सांसद प्रदीप यादव, पूर्वसभासद अनिल रुंग्टा, विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र प्राध्यापक डा.सुष्मा तिवारी लगायतकाले आफ्नो धारणा राखेका थिए ।


सम्बन्धित समाचार