Logo

२५ चैत,वीरगञ्ज । नेकपा एमाले बाराको जिल्ला अध्यक्षमा अध्यानन्द पाण्डे निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न मतदानमा पाण्डेले अर्का प्रतिस्पर्धी टिना सुवेदी भन्दा ३४ मत बढी ल्याएर विजयी भएका हुन् । पाण्डेले ३७७ मत ल्याएका छन् ।

सुवेदीले ३४३ मत मात्रै पाईन् । पाण्डेलाई पोलिटब्यूरो सदस्य पुरुषोत्तम पौडेल, प्रदेश सचिव मनोज पौडेल, प्रदेशसभा सदस्य रविन्द्रदास श्रेष्ठ लगायतको समर्थन रहेको थियो । सुवेदीलाई एमालेका अर्का पोलिटब्यूरो सदस्य अच्युत मैनाली, बलबीर चौधरी, ज्वाला साह लगायतको समर्थन रहेको थियो । सुवेदी मैनालीकी श्रीमती पनि हुन् । अध्यक्ष बाहेकका अन्य पदाधिकारीमा भने मैनाली पक्षकै निर्वाचितथा भएका छन् ।

उपाध्यक्षमा भुलन चौधरी निर्वाचित भएका छन् । उनँले ३६४ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नारायण गौतमले ३४० मत ल्याएका छन् । सचिवमा अमृत बजगाँईले ३६३ मत ल्याएर विजयी भएका छन् । बजगाँई एमाले पोलिटब्यूरो सदस्य तथा वर्तमान कृषि मन्त्री ज्वाला साहका श्रीमान हुन् । उनका अर्का प्रतिस्पर्धी महम्मद समिउल्लाहले ३२७ मत पाए ।

त्यस्तै उपसचिवमा ३५७ मत ल्याएर जवाहिर अन्सारी विजयी हुँदा अर्का प्रतिस्पर्धी धनिराम चौधरीले ३४१ मत मात्रै पाएका छन् । महिला उपसचिवमा ३६८ मत सहित भावना आचार्य (लक्ष्मी) निर्वाचित भएकी छिन् । उनका प्रतिस्पर्धी कमला घिमिरेले ३२५ मत पाएकी थिईन् । नयाँ नेतृत्वका लागि सहमतिको प्रयास गरिएपनि सफल हुन नसकेपछि मतदान प्रकृयामा गएको हो ।

निर्वाचन प्रकृयामा गईसकेपछि पनि सहमतिको प्रयास गरेको भन्दै मतदाताहरु रुष्ट भएका थिए । टिना सुवेदी पक्ष पनि मतदानमै जानुपर्ने पक्षमा रहेका थिए । एमाले बाराको ११ औं अधिवेशनको चैत १९ गते सोमबार नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रिय बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उद्घाटन गरेका थिए ।

नेकपा एमाले बाराको नयाँ नेतृत्वको निर्वाचन परिणाम रोचक बनेको छ । बारा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य तथा पोलिटब्यूरो सदस्य अच्युत मैनाली, ज्वाला साह र बलबीर चौधरी लगायतका नेताहरु लागि परेपनि नेतृत्वमा भने अर्का पोलिटब्यूरो सदस्य पुरुषोत्तम पौडेल हावी भएका छन् । अन्य पदाधिकारीमा मैनाली समूहको बर्चस्व रहेपनि नेतृत्वमा पौडेल हावी भएका हुन् ।

एमाले बारामा मैनाली र पौडेलबीच आन्तरिक लडाई हुने गरेको छ । मैनाली नेकपा एमालेका अध्यक्ष केपी ओलीका निकट मानिन्छन् । ओली प्रधानमन्त्री हुँदा मैनाली जनसम्पर्क सल्लाहाकार भएका थिए । त्यस्तै पौडेल तत्कालिन एमालेका झलनाथ खनाल प्रधानमन्त्री हूँदा राजनीतिक सल्लाहाकार बनेका थिए ।

नेकपा विभाजन भएपछि माधव नेपाल समूहमा लागेका पौडेल पुनः एमालेमा फर्किएका थिए । एमालेमा फर्किएपछि पौडेल र मैनालीको सम्बन्ध फेरी सुध्रिएपछि उनलाई बाराको निर्वाचन क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको थियो । तर, उनी गठबन्धनको उम्मेदवार जसपाका उपेन्द्र यादवसँग पराजित भएका थिए ।


सम्बन्धित समाचार