Logo

२५ चैत,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले ठूलो परिमाण लागु औषधसहित २ जनालाई पक्राउ गरेको छ । भारतबाट लुकाइछिपाइ ल्याँदै गरेको प्रतिबन्धित ट्याबलेटहरुसहित बीरगन्जको नगवाबाट २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथ ३ हजार भन्दा बढी ट्याबलेटहरु बरामद गरेको जनाएको छ । प्रहरी स्रोतका अनुसार प्रतिबन्धित ट्याबलेटहरु नुरफिन, फेनारगन, डाइजापामसहितका ३ हजार भन्दा ट्याबलेटहरु बरामद भएको हो ।

बरामद गरिएका प्रतिबन्धित लागु औषधको बारेमा विस्तृत अनुसन्धान चलिरहेकोले पक्राउ परेकाहरुको नाम गोप्य राखिएको प्रहरी स्रोतको भनाइ छ । अनुसन्धान सकिएपछि पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने पर्सा प्रहरीको तयारी रहेको स्रोतले जनाएको छ ।


सम्बन्धित समाचार