Logo

२५ चैत,जनकपुर ।उच्च अदालत जनकपुरका न्यायाधीशले फैसलामा अन्याय गरेको भन्दै प्रदर्शन गरिएको छ । जिल्ला अदालतले दोषी ठहर गरेको मुद्दामा उच्च अदालत जनकपुरले सफाइ दिएपछि उच्च अदालत अगाडि प्रदर्शन गरिएको हो ।

पीडित पक्षले उच्च अदालतका न्यायाधीशले गरेको फैसालप्रति असन्तुष्टी जनाउँदै आइतबार अदालत अगाडि प्रदर्शन गरेका हुन् ।

९ वर्ष अगाडि धनुषाको सबैला नगरपालिकास्थित मदन आश्रित निमाविको विद्यालय व्यवस्थापन समिति गठनको क्रममा विवाद हुँदा २ जनाको मृत्यु भएको थियो । सोही विवादमा धनुषा जिल्ला अदालतबाट ३ जनालाई जन्मकैद र १ सालको कैद सजाय पाएका तथा बाँकी प्रतिवादीहरुलाई पनि कारबाहीको सुनाएको थियो ।

यही फैसलामा उच्च अदालत जनकपुर उल्टाइदिएपछि असन्तुष्ट पक्षले प्रदर्शन गरेको बताइएको छ ।०७१ साल चैत ८ गते भएको मदन आश्रित निमाविको विद्यालय व्यवस्थापन समिति गठनको क्रममा विवाद हुँदा २ जना मृत्यु भएको थियो ।
विवादमा स्थानीय रामसेवक राउत गडेरी र रामप्रकाश यादवको मृत्यु भएको थियो ।

यो घटनामा उच्च अदालत जनकपुर इजलाश नम्बर ४ का न्यायाधीश किरणकुमार पोखरेल र ओमप्रसाद अर्यालले संयुक्तरुपमा फैसला गर्दै सफाइको आदेश सुनाएका थिए ।फैसला गर्ने न्यायाधीशद्वयलाई काराबाही र न्याय दिनु पर्ने मागसहित जनकपुरधाम नगरको परिक्रमा गर्दै प्रदर्शन गरेको पीडित सञ्जीव राउत गडेरीले जनाए ।

गत चैत २२ गते जिल्ला अदालत धनुषाबाट जन्म कैदको सजाय पाएका महेन्द्र यादव, महेश यादव र रासविहारी भन्ने लालविहारी यादव सहित १ सालको कैद सजाय पाएका १९ जनालाई उच्च अदालत जनकपुरले जिल्लाको फैसला पल्टाउँदै अभियोग दावीबाट सफाई दिएको छ ।


सम्बन्धित समाचार