Logo

२ ५चैत,वीरगञ्ज । सानो पाइलाको सहकार्यमा सय भन्दा बढी प्रहरीहरुको थाइराइड परीक्षण गरिएको छ । विश्व स्वास्थ्य दिवसको अवसर पारेर जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरीहरुको निशुल्क थाइराइड परीक्षण गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवानदेखि लिएर, हवल्दार, प्रहरी सहायक निरीक्षक, प्रहरी नायब निरीक्षकसहित प्रहरी निरीक्षकसम्मका प्रहरीहरुको थाइराइड परीक्षण गरिएको सानो पाइलाले जानकारी दिएको हो ।

सानो पाइलका अनुसार पर्सामा प्रहरीमा कार्यरत कार्यरत १ सय २० जना भन्दा बढी प्रहरीको थाइराइड निःशुल्क परीक्षण गरिएको हो ।सामुदायीक संस्था सानो पाइलासंगै एजिलस् ल्याबरोटरीसँगको सहकार्यमा सबै प्रहरी अधिकारीहरुको थाइराइड परीक्षण गरिएको जनाइएको छ ।

किन परीक्षण ?
परीक्षण गराइएका प्रहरी अधिकारीहरुको रिपोर्ट भन्ने यही बुधबार आउने आयोजक संस्थाले जनाएको छ ।

नेपाल प्रहरी संगठनमा कार्यरत प्रहरी अधिकारीहरुको कार्यव्यस्तता, जानकारीको अभाव, हतार र बाध्यात्मक खानपान लगायतका कारणले प्रहरीहरूमा थाइराइडको समस्या हुनसक्ने जोखिम धेरै रहन्छ , सानो पाइलाका हेल्थ सर्भिसेजका संयोजक डा. राकेश कुमार झाले भने,‘ त्यसैले जनताको सुरक्षार्थ खटिने प्रहरीहरूलाई थाइराइड सम्बन्धी जानकारी दिन तथा रोग लागेको भए उपचार विधिमा सामेल गराउन परीक्षण गरिएको हो ।’

उनका अनुसार निरन्तर काममा खटिनुपर्दा प्रहरी कर्मचारीहरूमा आरामको सम्भावना न्यून हुन्छ । थला नै नपर्दासम्म स्वास्थ्य परीक्षण गराउने वातावरण नमिल्ने भएकाले प्रहरीलाई प्राथमिकतामा राखिएको उनी बतायँछन् ।
पर्सा प्रहरी प्रमुख कुमोध ढुगेंलले प्रहरीहरूको आवश्यकता र अवस्थाबारे चासो राखेर निःशुल्क थाइराइड परीक्षण गरेकोमा आयोजकहरूप्रति आभार व्यक्त गरेका थिए ।


सम्बन्धित समाचार